बारा–२ मा लोसपाले उपेन्द्र यादवलाई सघाउने

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, १२ : ५५
बारा–२ मा लोसपाले उपेन्द्र यादवलाई सघाउने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बारा–२ मा हुने उपनिर्वाचनमा जनतामा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।

बारा–२ मा उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाले सघाउने निर्णय भएको सो पार्टीका कार्यकारिणी सदस्य केशव झाले बताए ।

उनले भने, ‘बारा–२ मा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव रहने निर्णय गरेसँगै लोसपा पनि गठबन्धनकै निर्णय अनुसार जाने भएको छ ।’ यसअघि लोसपाबाट वरिष्ठ नेता राजेन्द्र महतो उम्मेदवारी दिने चर्चा गरेको थियो ।

कार्यकारिणी समितिको बैठकमा पनि यो विषयमा छलफल भएको थियो । कार्यकारिणी समितिको बैठकमा समेत नेता महतोले आफू बाराबाट चुनाव लड्ने कुरा राखेका थिए तर पछिल्लो समय पाँच दलीय गठबन्धनले साझा उम्मेदवार उपेन्द्र यादवलाई नै बनाउने भएपछि उनी पछाडि हटेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस