मनकामना केबुलकार चैत २२ गते बन्द हुने

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, १२ : ३७
मनकामना केबुलकार चैत २२ गते बन्द हुने

मुग्लिन । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । टावर मर्मतसम्भारका लागि केबुलकार चैत २२ गते बिहीबार बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबुलकार चैत २३ गते शुक्रबारदेखि पुनः नियमित सञ्चालनमा आउनेछ ।

लामो समय बन्द भई सञ्चालनमा आएको मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएका छन् । कोरोना महामारीका कारण नौ महिना बन्द रहेको केबुलकार र मनकामना मन्दिर गत मङ्सिर २८ गतेदेखि सञ्चालनमा आएको हो ।

केबुलकारबाहेक मोटरबाटो र पैदल हुँदै पनि दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्छन् । 

प्रतिक्रिया दिनुहोस