भीम रावलसँग वार्ता गर्न एमालेद्वारा तीन सदस्यीय समिति गठन

सफल खबर संवाददाता

शनिबार, १८ चैत्र २०७९, १६ : ३२
भीम रावलसँग वार्ता गर्न एमालेद्वारा तीन सदस्यीय समिति गठन

काठमाडौँ।नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावलसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।शनिबार बसेको पार्टीको सचिवालयको बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा गठन गरेको समितिमा सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्णराज थापा पनि सदस्य छन् ।रावलसँग वार्ता गरी पार्टीमा जिम्मेवारी दिने सचिवालय बैठकको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस