तनहुँ १ को उपचुनावमा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार, सचिवालय बैठकबाट निर्णय हुँदै

सफल खबर संवाददाता

शनिबार, १८ चैत्र २०७९, १३ : ४६
तनहुँ १ को उपचुनावमा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार, सचिवालय बैठकबाट निर्णय हुँदै

काठमाडौं।नेकपा एमालेले तनहुँ १ बाट उपचुनावमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ । तनहुँ जिल्ला कमिटीका नेताहरू आज बिहान बालकोट पुगेर अध्यक्ष केपी ओलीसहित अन्य नेताहरूसँग समेत छलफल गरेपछि खनालको नाममा सहमति जुटेको हो ।केहीबेरमा बस्ने सचिवालय बैठकले औपचारिक निर्णय गर्ने बताइएको  छ । नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् । उक्त नगरपालिका तनहुँ क्षेत्र नम्बर १ मै पर्छ । उनको परिवार कांग्रेसमा आबद्ध छन्। 

प्रतिक्रिया दिनुहोस