काठमाडौं । प्राइम कमर्सियल बैंकले ९ लाख कित्ता आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ। बैंकले यहि चैत २१ गते संस्थापक सेयर लिलामी प्रक्रियामार्फत्सेयर बिक्रीमा ल्याउने भएको हो । लिलामीमा राखिएको सेयरका लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।
कम्पनीका अनुसार लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। तसर्थ आवेदन दिन न्यूनतम मूल्य वा सो भन्दा बढी बोलकबोल गर्नुपर्ने कम्पनीले जनाएको छ।
उक्त सेयरमा विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघ-संस्थाले पनि खरिद तथा आवेदन दिन सक्नेछन्।लगानीकर्ताले यही चैत २९ गतेसम्म बोलपत्र आवेदन पेस गर्नुपर्ने हुन्छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौँ नक्सालस्थित् कार्यालयमा आवेदन पेशगर्नुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनबाट बैंकका ६८ कार्यालयमा क्षति, बैंकिङ सिस्टममा समस्या नरहेको गभर्नरद्वारा जानकारी
एक दर्जन बैंकले बढाए खराब कर्जा, कुनकाे कति ?
बैंकहरुको निर्णय : आजदेखि मुद्दती निक्षेपको ब्याजदर झन् घट्यो
बैंकहरूको नाफा १.४ प्रतिशत मात्रै बढ्यो, कसको कति ?
बैंकहरूको नाफा ४.६ प्रतिशत घट्यो, कसले कमाए कति ?
सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने