काठमाडौं । प्राइम कमर्सियल बैंकले ९ लाख कित्ता आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ। बैंकले यहि चैत २१ गते संस्थापक सेयर लिलामी प्रक्रियामार्फत्सेयर बिक्रीमा ल्याउने भएको हो । लिलामीमा राखिएको सेयरका लागि न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।
कम्पनीका अनुसार लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। तसर्थ आवेदन दिन न्यूनतम मूल्य वा सो भन्दा बढी बोलकबोल गर्नुपर्ने कम्पनीले जनाएको छ।
उक्त सेयरमा विद्यमान संस्थापकसँगै योग्य व्यक्ति तथा संघ-संस्थाले पनि खरिद तथा आवेदन दिन सक्नेछन्।लगानीकर्ताले यही चैत २९ गतेसम्म बोलपत्र आवेदन पेस गर्नुपर्ने हुन्छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको काठमाडौँ नक्सालस्थित् कार्यालयमा आवेदन पेशगर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?