मिटर ब्याज पीडित ११ दिन पैदलै हिँडेर काठमाडौं आइपुगे

सफल खबर संवाददाता

आइतबार, १२ चैत्र २०७९, १४ : ५१
मिटर ब्याज पीडित  ११ दिन पैदलै हिँडेर काठमाडौं आइपुगे

काठमाडौं । ११ दिनको पैदल हिँडेर तराई मधेसका मिटर ब्याज पीडित काठमाडौं आइपुगेका छन् । चैत २ गते महोत्तरीको बर्दिबासबाट पैदल मार्च सुरु गरेका उनीहरु हेटौंडा हुँदै काठमाडौंको चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा आइपुगेका हुन् ।

मिटरब्याजविरुद्धको संघर्ष समितिको समन्वयमा उनीहरु ‘बर्दिबास-काठमाडौं पैदल मार्च अभियान’ मा सहभागी भएका हुन् । तमसुक व्यवस्था खारेज गर्नु पर्ने, सुदखोरलाई कारबाही गरी मिटरब्याजीद्वारा लुटिएको सम्पत्ति फिर्ता हुनु पर्ने, पीडितविरुद्ध लगाइएका झुटा मुद्दा खारेज हुनु पर्ने लगायका माग उनीहरुले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस