मेयर बालेनसँग सांसद चौधरीको भेट, महानगरको विकासबारे छलफल

सफल खबर संवाददाता

आइतबार, १२ चैत्र २०७९, ११ : ३८
मेयर बालेनसँग सांसद चौधरीको भेट, महानगरको विकासबारे छलफल

काठमाडाैं।नेपाली कांग्रेस सांसद विनोद चौधरीले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेट गरेका छन्। छिट्टै महानगरसहित समग्र विकासबारे छलफल गर्ने चौधरीले बताएका छन्। भैरहवास्थित विमानस्थलमा बालेनसँग भएको भेटको फोटो राख्दै चौधरीले मिलेर अघि बढ्ने बताएका हुन् । 

‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसँग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासबारे छलफल गर्नेछौं,’ चौधरीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस