माओवादीको पदाधिकारी बैठक सुरु

सफल खबर संवाददाता

शनिबार, ११ चैत्र २०७९, १६ : ३४
माओवादीको पदाधिकारी बैठक सुरु

काठमाडौँ  । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । नयाँ समीकरणअनुसार सरकार विस्तारबारे छलफलका बीच पार्टी पदाधिकारी बैठक बसेको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रदेखि प्रदेशको सत्ता समीकरणमा प्याकेजमा सहमति खोज्ने प्रयासमा छन् । नेताहरुबीच सामूहिक रुपमा तथा दुई पक्षीय वार्ताहरु भइरहेका छन् । तर, सत्ता बाँडफाँडको विषयमा ठोस सहमति हुन सकेको छैन । यसले गर्दा प्रधानमन्त्रीमाथि अझै १६ वटा मन्त्रालयको भार रहेको छ ।