चितवन । विश्वकप फुटबलको फाइनलमा पहिलोहाफ सम्म क्रोएसियाविरुद्ध फ्रान्सले २–१ गोलको अग्रता बनाएको छ ।
फ्रान्सले खेलको १८ औं मिनेटमा अग्रता लिन सफल भएको हो । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले गोल गर्न सफल भएको हो । एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो ।
तर २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको हो । फेरी खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका हुन् ।s
प्रतिक्रिया दिनुहोस