थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिड्दै

सफल खबर संवाददाता

शनिबार, ११ चैत्र २०७९, ०९ : ३०
थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिड्दै

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओसबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कपको दोस्रो खेलमा भुटान र लाओसबीच खेल हुन लागेको हो । खेल साँझ ६ बजे सुरु हुनेछ।

थ्री नेसन्समा भुटानको यो पहिलो खेल हो । भुटान जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेको छ । लाओसको यो दोस्रो खेल हो । लोआस पहिलो जित निकाल्दै फाइनलको सम्भावना कायम राख्न चाहन्छ । पहिलो खेलमा लाओसलाई नेपालले २-० ले हराएको थियो ।

तेस्रो खेलमा नेपालले अब चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । गत ८ गते सुरु भएको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा भइरहेको छ। प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि चैत १७ गते भिड्नेछन् ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०का अनुसार विजेताले ५ हजार अमेरिकी डलर र दोस्रोले ३ हजार डलर पाउनेछ भने उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर तथा म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छ ।

प्रतिक्रिया दिनुहोस