रानीपोखरी बिहान ३ घण्टा सबैका लागि खुला

सफल खबर संवाददाता

शनिबार, ११ चैत्र २०७९, ०७ : ३८
रानीपोखरी बिहान ३ घण्टा सबैका लागि खुला

काठमाडौ । काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गर्न थालेको छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो ।

नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो । कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार  बिहान ६ देखि ८ बजेसम्मका लागि पोखरी खुला गरिएको हो । कुनै अवरोध नआए तीन सय ६५ दिन नै पोखरी सबैका लागि खुला राख्ने तयारी महानगरपालिकाको छ ।

विसं २०७२ को गोरखा भूकम्पले क्षति पुगेको ऐतिहासिक पोखरीको पुनःनिर्माणका लागि शिलान्यास पनि सोही वर्ष माघ २ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको थियो ।
 
पुनःनिर्माण कार्य सकी विसं २०७७ कात्तिक ५ मा नै उद्घाटन गरिए पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २०७८ पुस ८ गतेमात्र महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस