आज नयाँ आईजीपी नियुक्त हुँदै

सफल खबर संवाददाता

शुक्रबार, १० चैत्र २०७९, ०८ : २७
आज नयाँ आईजीपी नियुक्त हुँदै

काठमाडौँ । सरकारले शुक्रबार नयाँ आईजीपी नियुक्ति गर्दैछ । शुक्रबार दिउँसो बस्ने तय भएको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्न लागेको हो । 

वर्तमान आईजीपी धिरज प्रताप सिंह शनिवारदेखि अवकाशमा जाने भएसँगै नयाँ नियुक्ति गर्न लागिएको हो ।  आईजीपीका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु दावेदार छन् ।

जसमा बसन्त कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस