मावि शिक्षकको परीक्षा तोकिएको समयमा गर्न आयोगको आग्रह

सफल खबर संवाददाता

बुधबार, ०८ चैत्र २०७९, १६ : २६
मावि शिक्षकको परीक्षा तोकिएको समयमा गर्न आयोगको आग्रह

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने अन्तिम तयारी भइरहेको जनाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बजेट अभावको कारण परीक्षा सञ्चालनमा समस्या आउने नदेखिएको बताए ।

उनले भने, ‘हामीलाई बजेट अभाव हो तर अहिलेसम्मको स्थितिमा परीक्षा सञ्चालन गर्न समस्या होला जस्तो लागेको छैन ।’उनको भनाई अनुसार बुधबार नै परीक्षा केन्द्रको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

आयोगले बजेट अभावको कारण समस्या भइरहेकोले भन्दै अर्थ मन्त्रालयसँग ४ करोड २० लाख बजेट माग गरेको छ ।अर्थ मन्त्रालयले नियमित काम नरोक्न भनेकाले आयोगको कुनै पनि काम रोकिने अवस्था नआउने सम्भावना रहेको सूचना अधिकारी मरहठ्ठाले बताए ।

आयोगले गत पुष २५ गते ६८६ पदमा खुलाएको खुला प्रतियोगितात्मक विज्ञापनको परीक्षा चैत १८ गते तोकेको छ । प्रावि तहमा ६ हजार १३ रिक्त पदमा विज्ञापन हुनेशिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमामा बिहिबार विज्ञापन गर्ने तयारी गरेको छ ।

आयोगको अनुसार प्रावि तहमा नेपालभरको लागि ६ हजार १३ रिक्त पदको लागि विज्ञापन हुनेछ । आयोगको सूचना अधिकार सुदर्शन मरहठ्ठाले भने ‘हामी प्रावि तहको विज्ञापन भोलि गर्ने अन्तिम तयारीमा छौं । विज्ञापन रोकिदैन ।’

बजेट अभावको कारण प्रावि तहको विज्ञापन गर्न पनि समस्या हुन सक्ने सम्भावना नभएको मरहठ्ठाले बताए ।

प्रतिक्रिया दिनुहोस