स्ववियु निर्वाचनका लागि भोलि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने

सफल खबर संवाददाता

शनिबार, ०४ चैत्र २०७९, २० : २९
स्ववियु निर्वाचनका लागि भोलि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने

काठमाडौं। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ। 

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो।