दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट खेलाडी सम्मानित

सफल खबर संवाददाता

शनिबार, ०४ चैत्र २०७९, २० : २०
दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट खेलाडी सम्मानित

काठमाडौँ। एमडीएसी स्पोर्ट्सले आईसीसी विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको छ । ए डिभिजन लिगको मार्केटिङ कम्पनी समेत रहेको एमडीएसीले शनिबार दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टिमलाई सम्मान गरेको हो ।

ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्बाङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।

विश्वकप क्रिकेट लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै सहभागी हुने भएसँगै क्रिकेट टिमलाई सम्मान गरिएको हो ।लिग टू अन्तर्गत टियु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाईप राजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस