थप ६ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, ०३ चैत्र २०७९, १५ : ३५
थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं । देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०१९ जनाको नमूना परीक्षण गरिएको थियो ।

१०० जनाको पीसीआर र ९१९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशभर ३ जना संक्रमण मुक्त भएका छन् भने २० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस