गठबन्धनबाट भोट क्रस हुँदैन, सहजै चुनाव जित्छु : रामसहाय यादव

सफल खबर संवाददाता

शुक्रबार, ०३ चैत्र २०७९, ११ : ०४
गठबन्धनबाट भोट क्रस हुँदैन, सहजै चुनाव जित्छु : रामसहाय यादव

काठमाडाैं। उपराष्ट्रपतिका लागि जसपाबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवले गठबनधनको बलमा आफूले चुनाव जित्ने दाबी गरेका छन् ।

उपराष्ट्रपति पदका लागि शुक्रबार भइरहेको निर्वाचनमा मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै आफू विजयी हुने बताएका हुन् ।‘गठबन्धनका सबै सदस्यले मलाई मतदान गर्नुहुन्छ, चुनाव जित्नेमा विश्वस्त छु’ यादवले भने । गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति चयनका लागि शुक्रवार बिहान १० बजेबाट मतदान शुरू भएको छ । 

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । जसपाबाटै उम्मेदवारी दिएकी प्रमिला यादवले रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गरेकी छिन् । उपराष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा  र प्रदेशसभा सदस्य मतदाता हुन्छन् । ८८२ मतदातामा २६३१५ मत कटाउने उम्मेदवार विजयी हुनेछन् । 

प्रतिक्रिया दिनुहोस