जनकपुरधाम । हाल मौसममा देखिएको अनुकुलता तथा बढी मात्रमा आँपको रुखमा मन्जरी लागेकाले यस वर्ष धनुषामा बढी आँप उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ ।
चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले आँप खेती गरेकाले २३ हजार एक सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ९७० हेक्टर क्षेत्रफलमा आँप खेति गरेकोमा २२ हजार ७५० मेट्रिक टन आँप उत्पादन भएको थियो ।तर, यस वर्ष आँपको क्षेत्रफल पनि बढेको, मौसम पनि अनुकुल रहेकोले यहि अवस्था रहेमा यस वर्ष सोचेको भन्दा बढी आँप उत्पादन हुने अनुमान रहेको बागमानी विकास अधिकृत प्रदिपकुमार यादवले बताए ।
गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, बटेशर गाउँपालिका आँप उत्पादनको पोकेट क्षेत्र घोषणा गरिए पनि जिल्लाका अधिकांश ठाउँमा आँप उत्पादन हुने गरेको छ । जिल्लामा खास गरि, मालदह, बम्बै, दसहरि, मलिका, कलकतिया, अम्पालीलगायतका विकसित आँप उत्पादन हुने गरेको छ र यहाँ उत्पादित आँप पोखरा वीरगञ्ज, माठमाडौं, नारायणघाट, बुटबल लगायतका ठाउँमा बिक्रीका लागि जाने गरेको किसानहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ फागुन २०७९, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
धनुषामा विष सेवन घटना : ३ सन्तानपछि आमाको पनि मृत्यु
धनुषा र अछाममा एमाले जिल्ला अधिवेशन बाँकी
प्रहरीमाथि नै आक्रमण प्रयासपछि हवाई फायर
धनुषामा चोक नामकरण विवाद- प्रहरीले गोली चलायो, तीनजना घाइते
सहकारीका कर्मचारीबाट लुटियो ८० लाख