भोटका लागि अपिल गर्दै रामसहायले पठाए सांसदहरुलाई मोबाइल सन्देश

सफल खबर संवाददाता

आइतबार, २८ फागुन २०७९, २१ : २५
भोटका लागि अपिल गर्दै रामसहायले पठाए सांसदहरुलाई मोबाइल सन्देश

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले सांसदहरुलाई मोबाइल सन्देश पठाएका छन् । 

संघीय र प्रदेश सभाका ८ सय ८५ सांसदहरुलाई भोटका लागि अपिल गर्दै यादवले आइतबार मोबाइल सन्देश पठाएका हुन् । सन्देशमा उनले २०७९ चैत्र ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवनमा उपस्थित भई आफ्नो अमूल्य मत दिई विजयी गराउन यादवले अनुरोध गरेका छन् ।   

‘नेपालको संविधानको संरक्षण, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, स्वाधिनताको रक्षा, शान्ति, स्थिरता र सुशासन सहित जनताको समुन्नती र समृद्धिको लक्ष्य प्राप्त गर्न सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धताका साथ उपराष्ट्रपतिको गरिमामय पदमा उम्मेदवारी प्रस्तुत गरेको छु,’ उनले पठाएको सन्देशमा उल्लेख गरिएको छ । 

यादवले सबै सांसदहरुलाई भोट अपिल गर्दै पत्र समेत पठाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस