थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, २७ फागुन २०७९, १६ : ५६
थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय जनाको नमूना परीक्षण गरिएको थियो ।

११८ जनाको पीसीआर र ४८२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार देशभर १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस