पार्टीकाे आधिकारिक उम्मेदवार भाेलि थाहा हुन्छ : प्रमिला कुमारी

सफल खबर संवाददाता

शनिबार, २७ फागुन २०७९, १६ : १४
पार्टीकाे आधिकारिक उम्मेदवार भाेलि थाहा हुन्छ : प्रमिला कुमारी

काठमाडौं । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिनुभएकी प्रमिला कुमारीले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार (भोलि) थाहा हुने बताएकी छन ।

शनिवार उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेसँगै उम्मेदवार कुमारीले जनता समाजवादी पार्टीको तर्फबाट दुईजनाको उम्मेदवारी परेको भन्दै आधिकारिक उम्मेदवार को हुने भन्ने आईतवार (भोलि) थाहा हुने बताइन् ।

उनले आफुले चुनावसम्मकै लागि उम्मेदवारी दिएको उल्लेख गर्दै जित्नको लागि उम्मेदवारी दिएको बताइन् । आफ्नो पार्टीको दुईजनाको उम्मेदवारी परेपनि पार्टीले गर्ने निर्णयलाई आफूले मान्ने उनको भनाई छ ।

उनले भनिन्, ‘मेरो उम्मेदवारी जित्नको लागि हो । प्रतिस्पर्धा गर्नुप¥यो । आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ । मेरो उम्मेदवारी चुनाव सम्मकै लागि गरेको हो । हामी दुवै जनाको इच्छा भयो त्यसैले दुइजनाको उम्मेदवारी प¥यो । पार्टीले अब निर्णय गर्छ । पार्टीको निर्णय म फलो गर्छु ।’

उनले उपराष्ट्रपतिको निर्वाचन आफूले जित्नेमा विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस