काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना जारी गर्दै नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गर्दै कांगेस सभापति देउवाले शहरदेखि दुर दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त भएकाले महिला जागरण आवाश्यक भएको जनाएका हुन ।
हिंसा-लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको देउवाले भनेका छन, ‘हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो हिंसा सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ । महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुरयाउने देउवाले विश्वास ब्यक्त गरेका छन् ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन महिलाले आफ्नो प्राणको आहुती गरेको देउवाले स्मरण गरेका छन् ।ु म उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।
आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदी बहिनीहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने मैले विश्वास लिदै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुमा पुनः हार्दिक शुभ–कामना व्यक्त गर्दछुु जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवालाई भेट्न महाराजगन्ज जाँदै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज
काँग्रेसको त्रिपक्षीय बैठक सकियो, दिउँसो फेरि बस्ने
कांग्रेस विवाद मिलाउन यी नेताले गदैछन् वार्ता
कांग्रेस विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने