काठमाडौं । नेपाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने बताएको छ ।
सिंहदरबारमा बसेको सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलको बैठकपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायका विषयमा अदालतबाट छिनोफानो गर्नु ठीक नहुने बताएका हुन् ।
‘द्वन्द्वको बेलामा भएको सबै घटनाहरू संक्रमणकालीन न्यायकै प्रबन्धबाट त्यसलाई सम्बोधन गर्नुपर्छ । त्यसमा हामीहरूको तर्फबाट पनि कमीकमजोरी भएको छ । तर, यसलाई संक्रमणकालीन न्यायको प्रबन्धबाटै गर्ने हो । यसलाई रेगुलर कोटबाट फौजदारीको रूपमा हेर्ने होइन ।’ लेखकले भने ।
लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतमा मुद्दा पर्नै नहुने भन्ने तर्क पनि ठिक नभएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ फागुन २०७९, १८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवालाई भेट्न महाराजगन्ज जाँदै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज
काँग्रेसको त्रिपक्षीय बैठक सकियो, दिउँसो फेरि बस्ने
कांग्रेस विवाद मिलाउन यी नेताले गदैछन् वार्ता
कांग्रेस विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने