माओवादीधारको बैठक पुनः २६ गते बस्ने

सफल खबर संवाददाता

मंगलबार, २३ फागुन २०७९, ११ : ४५
माओवादीधारको बैठक पुनः २६ गते बस्ने

काठमाडौँ । माओवादीधारहरुको बैठकलाई निरन्तरता दिइने भएको छ । आगामी फागुन २६ गते माओवादी धारहरुको बैठक बस्ने भएको छ । 

सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउन दबाब दिने उद्देश्यले माओवादी धाराहरूको बैठक बस्ने नेकपा समाजवादी माओवादीका नेता कर्णजीत बुढाले बताए । सबै माओवादीहरू मिल्नु पर्ने भन्दै सहभागीहरूले आ आफ्नो धारणा राखेको बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस