यूएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

सफल खबर संवाददाता

सोमबार, २२ फागुन २०७९, ११ : ५७
यूएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु टोली यूएईविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ । यूएईमा जारी शृङ्खलाको अन्तिम खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

दुबई इन्टरनेशनल स्टेडियममा सुरु भएको खेलमा नेपालका आशिफ सेख र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका छन् ।आशिफका ओपनिङ जोडी कुशल भुर्तेल घाइते भएपछि उनको ज्ञानेन्द्र ओपनिङमा आएका हुन् ।

आजको खेलमा यसै शृङ्खलाबाट ओडीआईमा डब्यु गरेका युवा फास्ट बलर प्रतिश जिसी पनि पहिलो रोजाइमा परेका छन् । लिग टुको शीर्ष तीनमा नेपाल र यूएई दुवैलाई आजको खेल महत्वपूर्ण छ । नेपालले शीर्ष तीनमा रहेर विश्वकप छनोटमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्नेछ ।

यदि आजको खेलमा पराजित भए नेपाल शीर्ष तीनमा पुग्ने छैन ।

प्रतिक्रिया दिनुहोस