हाफ म्याराथनका विजेताले एक लाख पाउने

सफल खबर संवाददाता

सोमबार, २२ फागुन २०७९, ०८ : ४६
हाफ म्याराथनका विजेताले एक लाख पाउने

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवसको अवसरमा यही फागुन २७ गते शनिबार हाफ म्याराथन र अन्तर विद्यालय दौड प्रतियोगिता आयोजना हुनेभएको छ । 

नगरप्रमुख गजेन्द्र महर्जनले २१ किमी खुला च्याम्पियन हाफ म्याराथन र १० किमी अन्तरविद्यालय दौड प्रतियोगिता हुने जानकारी दिए । कुल २१ किमी खुला च्याम्पियन हाफ म्याराथनमा प्रथम हुनेले एक लाख रुपैयाँ पुरस्कार हात पार्नेछन् । त्यस्तै, दोस्रो हुनेले रू ७५ हजार, तेस्रो हुनेले रू ५० हजार प्राप्त गर्नेछन् । साथै, चौथो हुनेले रू ३० हजार, पाँचौँ हुनेले रू २५ हजार, छैटौँले रू १५ हजार, सातौँले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । 

हाफ म्याराथन गोदावरी नगरपालिकाबाट शुरु भइ झरुवारासी पोखरीचौर(बडिखेल चोक(टौखेल चोक(गोदावरी बसपार्क(विशङ्खुनारायण( वडा नं २ कार्यालय(बाँडेगाउँ प्रहरी प्रभाग(भट्टराई आश्रम( वडा नं १३ कार्यालय(भलि पुचः पार्टी प्यालेस(ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकी हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ । 

त्यस्तै १० किमी अन्तरविद्यालय दौड प्रतियोगितामा प्रथम हुनेले नगर रू ३५ हजार पुरस्कार हात पार्नेछन् । त्यस्तै दोस्रोले रू ३० हजार, तेस्रोले रू २५ हजार, चौथोले रू २० हजार, पाँचौँले रू १५ हजार, छैटौँले रू १० हजार, सातौँले रू पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । अन्तरविद्यालय दौड प्रतियोगिता गोदावरी नगरपालिकाबाट सुरु भएर बडिखेल चोक,टौखेल चोक,भट्टराई आश्रम-वडा नं १३ कार्यालय (भलि पुचः पार्टी प्यालेस) ठेचो बुद्ध पोखरी भएर चापागाउँ प्रहरीचौकीबाट चापागाउँ ट्याक्सी पार्क हुँदै गोदावरी नगरपालिका परिसर पुगेर सम्पन्न हुनेछ । 

हाफ म्याराथन प्रतियोगितामा भाग लिन चाहानेले रु सात सय र अन्तरविद्यालय दौड प्रतियोगितामा भाग लिन चाहानेले पाँच सय दर्ता शुल्क तिरेर यही फागुन २२ गतेसम्म नगरपालिकाको प्रशासन शाखामा दर्ता गरिसक्नुपर्ने जनाइएको छ । 

नगरप्रमुख महर्जनले परिणामका लागि काम हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै नागरिकको आवश्यकतालाई प्राथामिकतामा राखेर काम गर्दै छ वर्ष पूरा भएको बताए ।  “मेरो दोस्रो कार्यकालको पहिलो आर्थिक वर्षमा हामीले शिक्षा र स्वास्थ्य, खेलकुद र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, उनले भने “शैक्षिक बेरोजगारको व्यवस्थापनसहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हामीले स्वयंसेवक शिक्षकको व्यवस्था गरेका छौँ ।” 

प्रतिक्रिया दिनुहोस