माडीलाई उच्च प्रथामिकतामा राखेको छु : प्रचण्ड

शनिबार, १८ कार्तिक २०७४, २० : २८
माडीलाई उच्च प्रथामिकतामा राखेको छु  : प्रचण्ड


माडीको विकासमा आफु गम्भिर रहेको पुर्व प्रधानमन्त्री एव माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । माडीका जनतासग आफु चिरपरिचित रहेको उल्लेख गर्दै प्रचण्डले अब माडीको विकासमा सहकार्यका लागि प्रतिवद्ध गरेको विश्वास व्यक्त गर्नुभयो । माडीको प्रमुख समस्याको रुपमा चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जबाट गाउ प्रवेश गर्ने जङगली जनवार र रिऊ नदी रहेको छ –प्रचण्डले भन्नुभयो । राष्ट्रिय निकुञ्जमा सुरुङ मार्ग वा आकाशे पुल बनाएर त्यही अनुसार विद्युतीकरण गर्नु पर्छ । त्यो कामले ५ बर्षमा पुर्णता पाउने बताउनुभयो । त्यसतै बर्षातको समयमा आउने बढीलाई दिर्घकालिन रुपमा व्यवस्थापन गर्न टटबन्धन गरी रिङ रोड संचालनमा ल्याएर पर्यटकीय स्थलको रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो । जनयुद्धको बेला माओवादीको विद्युतीय धरापमा परेर मृत्यु भएका परिवार,घाईतेलाई उचित व्यवस्था मिलाईने उद्घोष गर्नुभयो । १० बर्षे जनयुद्धका बेला सबै भन्दा ठुलो घटना माडीको बादरमुडे घटना रहेको स्मरण गर्र्दै घटना घटे लगतै आफुले पार्टीको तर्फबाट माफी मागी सकेको जानकारी दिनुभयो । उहाले भन्नुभयो– घटनाको पिडितलाई तत्काल राहातको लागि ६० लाख रुपैया निकास भए पनि पिडितले अहिलेसम्म सो रकम पाउन नसकेको बताउनुभयो । सरकारले निर्णय गरेर जिल्लामा अए नया सरकार परिवर्तन भएसगै पिडितले सो रकम लिन नपाएको जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले घटनाका पिडितका परिवारलाई रोजगारी,छोराछोरीलाई पठनपाठन , घाईतेलाई उपचार र पिडित परिवारलाई स्वास्थ्य बिमाको कार्यलाई अगाडी बढाईने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै एमाले नेता तथा पुर्व अर्थ मन्त्री सुरेन्द« पाण्डेले बामपन्थी सरकारले मात्र देशको विकास गर्न सक्ने दाबी गर्नुभयो । अन्य सरकारहरु विकास र जानताको पक्षमा काम गर्ने क्षमता नरहेको आरोप लगाउनुभयो । नेकपा एमाले चितवनका अध्यक्ष एबम चितवन क्षेत्र नं ३ बाम उम्मेदवार कृष्णभक्त पोखरेलले मओवादी केन्द्र अध्यक्ष प्रचण्डले समाजवादी व्यवस्थाको सपना देखेर चितवनबाट उमेदवारी दिनु भएको बताउनु भयो । राजनेता हाम्रो हामै घर दैले आउनु भएको छ । चितवनको विकास र समृद्वीको लागि प्रचण्डको बिकल्प नभएको जिकिर गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस