काठमाडौं । नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार निगमलाई डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा घटेर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा ३ रुपैया ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ ।
निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय सहयोगमा मटिहानीका २ हजार गृहिणीले पाए ग्यास चुल्हो
कतारले गर्यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा
उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने
वीरेन्द्रनगरमा फोहोरबाट ग्यास उत्पादन
निर्धारित मूल्यभन्दा बढीमा ग्यास नबेच्न निगमको आग्रह, बिक्री गरे कारबाही गर्ने चेतावनी
दक्षिण एसियामै नभएको व्यवस्था नेपालमा, ग्यासमा सरकारले असुल्छ ३०९ रुपैयाँ कर