बालुवाटारमा चार दलका नेताको बैठक जारी

सफल खबर संवाददाता

शुक्रबार, १२ फागुन २०७९, ०९ : ५०
बालुवाटारमा चार दलका नेताको बैठक जारी

काठमाडौं । चुनावअघिको गठबन्धनमा आवद्ध चार राजनीतिक दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताको बैठक सुरु भएको हो । यसअघि यी राजनीतिक दलका नेताहरु छुट्टाछुट्टै छलफलमा थिए ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ,  कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस