तीन दलको बैठक निष्कर्षविहीन, प्रधानमन्त्री प्रचण्डले भोलि ओलीसँग छलफल गर्ने

सफल खबर संवाददाता

विहीबार, ११ फागुन २०७९, २० : १९
तीन दलको बैठक निष्कर्षविहीन, प्रधानमन्त्री प्रचण्डले भोलि ओलीसँग छलफल गर्ने

काठमाडौँ । सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ । 

बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो । 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार फाइनल वार्ता गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस