काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईसीसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।हिजो बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनाका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन् ।
खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भन्, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाइँहरूलाई बधाइ छ । तपाइँहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, १६ : १२
लेखकबाट थप