सांसद अरुण चौधरीको निलम्बन फुकुवा

सफल खबर संवाददाता

बुधबार, १० फागुन २०७९, १४ : २५
सांसद अरुण चौधरीको निलम्बन फुकुवा

काठमाडौँ । राष्ट्रपतिबाट आममाफी पाएपछि कैलाली(२ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट सजाय माफी भएको र त्यसम्बन्धी पत्र गृहमन्त्रालयबाट प्राप्त भएको जानकारी गराएका छन्।

चौधरीलाई फागुन ७ मा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले माफी गरेकी थिइन् । चौधरीलाई माफी दिइएको पत्र प्रतिनिधिसभामा सुनाइएपछि अब सांसद चौधरी सबै संसदीय गतिविधिमा सामेल हुन योग्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस