मकवानपुर। बागमती प्रदेशसभाको बैठक यही फागुन १० गते बुधबार अपराह्न २ बजे बस्न आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।
बैठकको लागि कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे प्रदेशसभा सचिवालयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक बस्ने भएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको बैठक गत माघ २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधन गरे पछि उनलाई धन्यवादको प्रस्ताव पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।
बागमती प्रदेशसभा सचिवालयमा दुई विधेयक आज दर्ता गरिएको सचिवालयले जनाएको छ । उक्त सचिवालयमा दर्ता गरिएको विधेयकमध्ये प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ र स्थानीय तहका सेवाको गठन, सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९ रहेको सो सचिवालयका प्रवक्ता मनोजकुमार गप्ताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ फागुन २०७९, १९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट