बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन् । जनता समाजवादी पार्टी संसदीय दलका नेता अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए ।
बाँकेका अहिरलाई सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिलाएका हुन् । यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ ।
मन्त्री शर्मा भने त्यस बेला शपथ ग्रहण समारोहमा उपस्थित भएका थिएनन् । अहिरको नियुक्तिसँगै प्रदेश सरकारमा ११ जना मन्त्री पुगेका छन् । नयाँ सरकारले यसअघि कायम १३ वटा मन्त्रालय घटाएर १० वटा बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ फागुन २०७९, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ