भारतको गुजरातमा फेरि भाजपाकै सरकार

एजेन्सी

सोमबार, ०३ पुस २०७४, १२ : ४०
भारतको गुजरातमा फेरि भाजपाकै सरकार

गुजरात  । ‘गुजरातमा कांग्रेसको स्थिति निकै खराब रहेन र त्यो जोडदार जित पनि होइन, जुन बीजेपीले चोहेको थियो’ । यो गुजरात विधानसभा मतगणनाको प्रारम्भीक रुझानलाई लिएर जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले गरेको ट्वीट हो ।

जारी मत गणनामा भारतीय जनता पार्टीले १०९ सिटमा अग्रता लिएको छ भने कांग्रेसले ६९ स्थानमा अगाडि छ । चार सिटमा अन्य दलले अग्रता लिएको छ ।

१८२ सदस्यीय विधानसभामा सरकार गठनका लागि ८२ सिट चाहिन्छ । सुरुवाति रुझानले गुजरातमा फेरि पनि भाजपाकै सरकार बन्ने संकेत देखिएको छ ।

५ वर्ष अघि भएको विधानसभामा भाजपाले १२० सिट जितेको थियो । कांग्रेस ४३ सिटमा समेटिएको थियो ।यो पटक पनि परीणाम भाजपाकै पक्षमा जाने दखिएको छ । तर, जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले भने जस्तै उसले सोचे जस्तो जित नहुने देखिन्छ ।

सुरुवाति रुझान अन्तिमसम्म कायमै रह्यो भने कांग्रेसका लागि पनि गुजरातको रिजल्ट निकै खराब हुने छैन । किनकी ४३ सिटबाट उसको शक्ति केही माथि जाने छ । तर, सरकार बनाउने अवस्था नहुँदा उसका लागि ऐतिहासिक भने नहुने भयो ।

प्रतिक्रिया दिनुहोस