एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी नोभेम्बरपछि शीर्ष स्थानमा फर्किएको छ। सिटीले शीर्ष स्थानको आर्सनललाई उसकै मैदानमा ३-१ ले पराजित गर्दे शीर्ष स्थानमा फर्किएको हो।
पहिलो हाफमा नै अग्रता बनाउने क्रममा सिटीले आर्सनलका डिफेन्डरले गरेको गल्तीको फाइदा उठाउन सफल भयो। २४ औँ मिनेटमा टाकेहिरो टोमियासुले गोलरक्षकलाई दिएको खराब ब्याक पासलाई केभिन डी ब्रुएनाले नियन्त्रणमा लिँदै आकर्षक चिप गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर पहिलो हाफमा नै खेलमा फर्कने क्रममा ४२ औँ मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत् अग्रता दोब्बर बनाए। पेनाल्टी बक्समा गोलरक्षक एडर्सन मोराएसले इडवार्ड एनकेइटालाई फउल गरेपछि रेफ्रीले आर्सनललाई पेनाल्टीको मौका दिएको थियो। जसलाई साकाले सदुपयोग गरेका थिए।
खेलको ७२ औँ मिनेटमा गुन्डुगानको पासलाई ज्याक ग्रेलिसले सदुपयोग गर्दै सिटीलाई पुनः अग्रता दिलाए। टिमका लागि तेस्रो गोल डी ब्रुएनाको पासमा हालान्डले गरेका थिए। उनले ८२ औँ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए।
जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीको २३ खेलबाट ५१ अंक बनाएको छ। एक खेल कम खेलेको आर्सनलले ५१ अंक नै भए पनि गोलअन्तरमा पछि पर्दै दोस्रो स्थानमा धकेलियो। सिटीले तेस्रो स्थानमा रहेको म्यान्चेष्टर युनाइटेडसँगको अंक दूरी भने ५ मा पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०४ फागुन २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्सनल दुई दशकपछि च्याम्पियन्स लिगको फाइनलमा
रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनलको जित
प्रिमियर लिगः बर्नमाउथविरुद्ध आर्सनलको कमब्याक जित
आर्सनल शीर्ष स्थानमा फर्किंदा दोस्रोमा झर्यो सिटी
आर्सनललाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको फाइनलमा