नागरिकता विधेयक रोके सडक र सदन तताउने जसपाकाे चेतावनी

सफल खबर संवाददाता

बुधबार, ०३ फागुन २०७९, १४ : १२
नागरिकता विधेयक रोके सडक र सदन तताउने जसपाकाे चेतावनी

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक र सदनबाट संघर्ष सुरु गर्ने चेतावनी दिएका छन ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले यस्तो चेतावनी दिए । उनले आवाज विहीनको आवाज कसले सुनिदिने भन्दै प्रश्न गरेका थिए ।उनले जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गरे । उनले कुनैपनि खेल गरेर नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक संघर्ष शुरु गर्ने चेतावनी दिए ।

संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबिहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको सांसद यादवले बताए ।

प्रतिक्रिया दिनुहोस