काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबिया र नेपालबीच खेल भइरहेको छ । नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले ९९ बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ४१.५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २३६ रन जोडेको छ । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको हो ।
नामिबियाले माइकल भान लिगेनको १३३ र कप्तान जर्हार्ड इरासमसले ५६ रन जोडेसँगै नेपाललाई २८६ रनको चुनौती दिएको हो ।नामिबियालाई सस्तैमा समेट्ने प्रयासमा नेपालका लागि करण केसीले ५ विकेट, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले एक एक विकेट लिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ फागुन २०७९, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुशल भुर्तेलले नेपाललाई दिलाए चौथो सफलता
२५ बलमा ४३ रन बनाउँदै आउट भए कुशल भुर्तेल
सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धसतक
१४ रन बनाउँदै आउट भए कुशल भुर्तेल
इसेवा र फोन पेको ब्राण्ड एम्बेस्डरमा कुशल, रोहित र दिपेन्द्र
कुशल भुर्तेल दोस्रो बलमै एलबीडब्लू आउट