कांग्रेस पतनको बाटोमा अघि बढ्यो : माधव नेपाल

शनिबार, १८ कार्तिक २०७४, १८ : ४९
कांग्रेस पतनको बाटोमा अघि बढ्यो : माधव नेपाल


काठमाडौं । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले नेपाली कांग्रेस पतनको बाटोमा अघि बढेको टिप्पणी गरेका छन् । शनिबार राजधानीमा आयोजित  साक्षात्कारमा नेता नेपालले प्रजातान्त्रिक मुल्य मान्यता पालनामा कमजोर बन्दै गएको नेपाली कांग्रेस पतनउन्मुख भएको टिप्पणी गरे ।

 सार्वजनिक कार्यक्रममा सधै शालिन र भद्र अभिव्यक्ति दिने गरेका नेता नेपाल शनिबार नेपाली कांग्रेस प्रति निकै आक्रामक शैलिमा प्रस्तुत भएका हुन् ।
 नेपाली कांग्रेसलाई विकासको बाधक भन्दै उनले भ्रष्टाचारको वाहक र सुसासनमा सुन्य देखिएको उसको अस्तित्व प्रजापरिषद्को जस्तो हुने दाबी समेत गरे ।

धेरै चुनौतिहरुमा अग्रगामी भुमिका खेल्ने पार्टी नै एमाले भएको भन्दै उनले अनेक परीक्षामा पास हुदै अघि बढेको माओवादी केन्द्रबीचको एकता स्वभाविक भएको भन्दै उनले  त्यसबाट कोही आत्तिनु नपर्ने उल्लेख गरे ।

बामगठबन्धनबाट अत्तालिएको कांग्रेसले चुनावी तालमेल गरे पनि त्यसलाई सम्हाल्न नसकेर बरालिएर दुनियाँको सामु तमासे बनेको भन्दै नेता नेपालले सन्तुलित, संयमित हुदै लोकतन्त्रको आधार नछोड्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस