यसअघि आजै दिउँसो १ बजेका लागि बैठक तय भएको थियो। विशेष कारणवस समय सार्न परेको भन्दै सोमबार सूचना टाँस गरी ४ बजेका लागि बैठक सारिएको हो।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीका अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध–वार्षिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्ने, दिगो विकास तथा सुशासन समितिले २०७८र७९ को प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ।
यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले मन्त्रिपरिषद् बैठकबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाउ आदेश पेस गर्ने कार्यसूची रहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ फागुन २०७९, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी
राष्ट्रियसभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान