काठमाडौं। नेपाल राष्ट्र बैंकले आज फागुन १ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३० पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ६२ पैसा र बिक्री दर १४१ रुपैयाँ २६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ८३ पैसा र बिक्री दर १५९ रुपैयाँ ५५ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, ०८ : ३९
लेखकबाट थप