भारत जाने राष्ट्रिय फुटबल टोलीलाई बिदाइ

सफल खबर संवाददाता

आइतबार, २९ माघ २०७९, १२ : १५
भारत जाने राष्ट्रिय फुटबल टोलीलाई बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ । एन्फाले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिदाइ गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले नेपाली टोलीलाई बिदाइ गरे ।नेपाली महिला टोली सोमबार भारत प्रस्थान गर्ने छ । नेपाली टोलीले भारतसँग चेन्नईमा फागुन ३ र ६ गते मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस