दाङ । लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । माओवादी केन्द्रका नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी मुख्यमन्त्री निकट स्रोतले बताएको छ । माओवादी स्रोतले पनि उनले राजीनामा दिएको पुष्टि गरेको छ ।
स्रोतका अनुसार मन्त्रालयको भागबण्डाको विषयलाई लिएर मन्त्री केसीले राजीनामा दिएकी हुन् । मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेकी थिइन् । तर उनलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको स्रोतले बताएको छ ।
आफूले पाउनु पर्ने मन्त्रालय नपाएको भन्दै पार्टीभित्र असन्तुष्टि जनाएर मन्त्री पदबाट केसीले राजीनामा दिएको माओवादी निकट स्रोतले बतायो । भौतिक पूर्वाधार मन्त्रालय माओवादीकै इन्द्रजित थारुलाई दिने मुख्यमन्त्रीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ माघ २०७९, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च