गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २७ माघ २०७९, २० : ०८
गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु

रेसुङ्गा । गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार नवीन भण्डारीले जानकारी दिए।

नदी खोलाबाट बालुवा बोकेर पिपलधारा जाँदै गरेको ट्र्याक्टरमा सवार परियार दिउँसो साढे चार बजे अचानक खस्दा निज परियारको मृत्यु भएको हो ।

मृतक परियार लु ३ त ७४७१ नम्बरको ट्र्याक्टरका सहचालक हुन् । ट्र्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको र शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल पठाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस