प्रहरीले प्रक्राउ गर्दैमा सांसदलाई निलम्बन गर्न पाइँदैन : ज्ञानेन्द्र शाही

सफल खबर संवाददाता

शुक्रबार, २७ माघ २०७९, १३ : ४१
प्रहरीले प्रक्राउ गर्दैमा सांसदलाई निलम्बन गर्न पाइँदैन : ज्ञानेन्द्र शाही

काठमाडाैँ । प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरुलाई निलम्बन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले बताएका छन् । शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकीर गरेका हुन् । प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद पक्राउ परेभने उसको मतदान गर्ने अधिकार हनन् हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था गर्न नहुने बताए ।  जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउने गरी नियमावलीको व्यवस्था गर्ने कुरामा आफू सहमत हुनै नसक्ने उनको भनाए थियो ।

‘जनताबाट निर्वाचित सांसदलाई कमजोर बनाउन पाइँदैन । यो गर्नै हुँदैन । यो पक्राउ गर्नेबित्तिकै, हिरासतमा राख्ने बित्तिकै यदि सबै अधिकार खोसिने हो भने यो त सांसद जनताबाट जितको के महत्व भयो ?’ प्रमुख सचेतक शाहीले भने, ‘यो त सरकार पक्ष र बलियो पक्षले कुनै पनि बेला यसलाई हतियारको रुपमा प्रयोग गर्न सक्छ । त्यो भएको हुनाले यसमा मेरो के धारणा छ भने अदालतले फैसला गर्यो भने त्यो दोषी ठहर भयो सांसद पद निलम्बन हुने कुरा पनि ठिक छ । सबै कुरा ठिक छ । तर पक्राउ गर्दैमा अहिले के छ त ? एक जना सांसद बुटवल जाँदै गर्दाखेरी ल मानौँ समातिन सक्छ । के गरौं । निलम्बन भयो भोटिङ गर्न पाइदैन । भोली अदालतमा गयो भने तिमी निर्दोष हौ भनेर फैसला गरिदिन सक्छ । तर यहाँ अधिकार त खोजियो नि ।’

प्रहरीले पक्राउ गर्दैमा निलम्बन गर्न नहुने धारणा राख्दै उनले थपे, ‘अदालतले फैसला गरी दोषी प्रमाणित भएपछि उसको पद पनि जाने भयो । उ निलम्बनमा पार्ने भयो । खारेज नै हुने भयो । त्यो न्यायसंगत छ । यहाँ त संवैधानिक अधिकारको कुरा रह्यो नि । ल भोली राष्ट्रपतिमा भोट हाल्ने कुरामा एक जनालाई पक्राउ गर भन्छ । त्यत्तिकै हिरासतमा हाल्दि हाल्छ । भोट हाल्न पनि पाउँदैन ।’

प्रमुख सचेतक शाहीले अनुसन्धानका लागि पक्राउ गर्दैमा सांसद पद निलम्बनमा पर्ने कुरा संविधान विपरित हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस