काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दावी गरेका छन् ।
महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै भएको जिकीर समेत गरे । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी ओलीले आग्रह गरेको उल्लेख गर्दै आफूहरु आँखा लगाएरै अघि बढ्ने बताए ।
महामन्त्री थापाले राष्ट्रपति एमालेको भए मुलुकमा संवैधानिक दूर्घटना हुने डर काँग्रेसलाई भएकाले आफूहरु त्यो डरबाट मुक्त हुन पनि राष्ट्रपति आफूहरु पक्षको बनाउन सबै प्रयास गर्ने बताए । उनले भने, ‘राष्ट्रपतिका आँखा लाउलास भन्नु हुन्छ साथीहरु । ठिकै हो । त्यो पनि कुरा । तर नेपालको राष्ट्रपतिको संस्था गएको केही वर्षहरुमा हामीले कस्तो बनाएका छौं ? मन लाग्दाखेरी हामीले संविधानलाई मिच्न पाउने । हामीले संसद विघटनको बेलामा हे¥यौ । सम्माननीय राष्ट्रज्यूसमक्ष अड्किएको विधेयक र यो सरकारले निर्वाचनपछाडि लिएर गएको अध्यादेश । यी दुई वटा विषयमा मेरा आफ्ना मतहरु छन् । जसलाई मैले संसदमा पनि राखेको छु । भोलीको दिनमा पनि फेरी संसदमा राख्नेछु । राष्ट्रपति पदमा आँखा लाउलास भन्नु हुन्छ । आँखै लाउँछौं । भोटै माग्छौं । फकाउँछांै । मिलाउने कोसिस गर्छौ । त्यसलाई मत लिने कोशिस गछौं । र, हामीलेको भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउने कोशिस गछौं ।’
विगतका राष्ट्रपतिहरुको भूमिका ठिक नभएकाले पनि अहिलेको राष्ट्रपति एमालेलाई दिन नहुने पक्षमा आफूहरु रहेको महामन्त्री थापाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ माघ २०७९, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी