काठमाडौँ । नेपाली कांग्रेसलाई प्रतिपक्षी दलकाे सुविधा नदिन मागगर्दै सर्वाेच्च अदातलमा परेको रिटको बुधाबार सुनवाइ हुँदैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई संसदमा विश्वासकाे मत दिएकाे कांग्रेस र त्यसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको सुनवाइ आज हुने भएकाे हाे।
अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध दिएकाे साे रिट निवेदन दर्ता गर्न सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानले आदेश दिएकी हुन्।
उक्त रिटकाे आज माघ २५ गते पहिलो पेशी तोकिएको हाे। यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ माघ २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक