काठमाडौँ । नेपाली कांग्रेसलाई प्रतिपक्षी दलकाे सुविधा नदिन मागगर्दै सर्वाेच्च अदातलमा परेको रिटको बुधाबार सुनवाइ हुँदैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’लाई संसदमा विश्वासकाे मत दिएकाे कांग्रेस र त्यसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको सुनवाइ आज हुने भएकाे हाे।
अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध दिएकाे साे रिट निवेदन दर्ता गर्न सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानले आदेश दिएकी हुन्।
उक्त रिटकाे आज माघ २५ गते पहिलो पेशी तोकिएको हाे। यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले सो निवेदन दरपिठ गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ माघ २०७९, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन