मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा नेपाली ३ खेलाडीले राखे रेकर्ड

सफल खबर संवाददाता

मंगलबार, २४ माघ २०७९, १३ : ११
मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ मा नेपाली ३ खेलाडीले राखे रेकर्ड

काठमाडौं । डब्लुबीसी मोइ थाईको विश्व च्याम्पियनसिप खेलमा प्रतिस्पर्धा गर्न गएका तीन नेपाली खेलाडीले विश्वरेकर्ड राख्न सफल भएका छन् ।  मोइ थाईको ‘विश्व च्याम्पियनसिप’ फाईटमा भाग लिन गएका नेपाली गेन्जी राई, दिगविजय राठौर र लालबहादुर तामाङ्गले समान रेकर्ड राख्न सफल भएका हुन् ।

थाइल्याण्डमा आयोजना भएको च्याम्पियनसिपमा नेपालका राई ९३१ केजी०, तामाङ ९५३ केजी०, र राठोर ९६३ केजी० को खेलमा प्रतिस्पर्धा गरेका थिए । उनीहरु तीनै जनाले द्धितिय स्थान हासिल गर्दै रजत पुरस्कार पाउन सफल  भएको  सचिव दिपक तामाङले बताए । थाईल्याण्डमा फेब्रुअरी २ देखि ६ सम्म भएको च्याम्पियनसिप प्रतियोगितामा विश्वभरका ५० वटा देशहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा खेलाडिहरुको व्यवस्थापनका लागी टिम म्यानेजर का रुपमा संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजु राई र प्रशिक्षक पुरण रोकाया खेलाडिहरु सँगै थाईल्याण्ड पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस