काठमाडौँ । विश्व च्याम्पियन्स कराते प्रिमियर लिगमा नेपालकी एरिका गुरुङले ऐतिहासिक कास्य पदक जितेकी छन् । मोरोक्कोमा सम्पन्न करोत प्रिमियर लिगमा हिमालयन वारियरको उपनाम पाएकी एरिकाले गौरवपूर्ण कास्य पदक जित्दै इतिहास रचिन् ।
विश्वका उत्कृष्ट ३२ खेलाडीहरूको प्रतिस्पर्धामा एरिकाले करातेको महाशक्ति राष्ट्र फ्रान्सविरुद्ध शानदार खेल प्रदर्शन गर्दै ६–२ अंकको नतिजा निकाल्दै जित हात पारिन् । नेपालको लागि यो केवल एक पदक मात्र नभई यो हिमालको साहस, नारी शक्ति र राष्ट्रिय गौरवको प्रतीक रहेको कराते महासंघले जनाएको छ ।
महासंघले भनेको छ–‘नेपाललाई गर्व छ–एरिका, तिमीले संसारलाई देखायौ, हामी पनि सक्छौं !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १२ : ४९
लेखकबाट थप