हेटौंडा । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् । प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई नियुक्त गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बर्दियामा जन्मिएका चालिसे हाल ललितपुरमा स्थायी बसोबास गर्छन् । उनी जनसंख्या र बुढ्यौलीविद् हुन् ।हाल उनी विश्व स्वास्थ संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमको विशेषज्ञ सदस्यसमेत हुन् । नेपाल जनसंख्या संघको उपाध्यक्ष रहेका चालिसे त्रिभुवन विश्वविद्यालयमा जनसंख्या विषय अध्यापन गराउँछन् ।
अमृत साइन्स क्याम्पसबाट उनले बिएस्सी, त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या बिषयमा स्नातकोत्तर र टोकियो युनिभर्सिटी जापानबाट बिद्याबारिधीको उपाधि प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ माघ २०७९, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट