हेटौंडा । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् । प्रदेशको आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई नियुक्त गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बर्दियामा जन्मिएका चालिसे हाल ललितपुरमा स्थायी बसोबास गर्छन् । उनी जनसंख्या र बुढ्यौलीविद् हुन् ।हाल उनी विश्व स्वास्थ संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमको विशेषज्ञ सदस्यसमेत हुन् । नेपाल जनसंख्या संघको उपाध्यक्ष रहेका चालिसे त्रिभुवन विश्वविद्यालयमा जनसंख्या विषय अध्यापन गराउँछन् ।
अमृत साइन्स क्याम्पसबाट उनले बिएस्सी, त्रिभुवन विश्वविद्यालयबाट जनसंख्या बिषयमा स्नातकोत्तर र टोकियो युनिभर्सिटी जापानबाट बिद्याबारिधीको उपाधि प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ माघ २०७९, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा